राष्ट्रपति पौडेलले चार देशका लागि नियुक्त राजदूतलाई शपथ खुवाए
काठमाडौँ : संसदीय समितिबाट अनुमोदन भएका चार देशका लागि नवनियुक्त नेपाली राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाए।
आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक समारोहमा नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नवनियुक्त राजदूतहरूमा पाकिस्तानका लागि रिता धिताल, कतारका लागि रमेशचन्द्र पौडेल, इजरायलका धनप्रसाद पण्डित र चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
मंसिर १, २०८१ आइतबार २०:०९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।