पुरानो रिसिइबीमा रडले हिर्काएर छिमेकीको हत्या गरेको आरोपमा एकजना पक्राउ

पुरानो रिसिइबीमा रडले हिर्काएर छिमेकीको हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : झापामा रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका-५ फूलबारी बस्ने वर्ष २६ का मान कुमार राजवंशी रहेका छन्।  

राजवंशीले छिमेकी गङ्गा लाल माझीलाई पुरानो रिसिइबीको कारण विवाद गरी हिजो राति फलामको रडले टाउकोमा प्रहार गरेका थिए। घाइते माझीको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो। 

लगत्तै रड प्रहार गर्ने राजवंशीलाई फलामको रडसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

मंसिर २, २०८१ आइतबार १२:१५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।