प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित
काठमाडौं : आज बस्ने भनेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बिहान ११ बजे बोलाइएको संसदीय समितिको बैठक आजको लागि स्थगित भएको हो।
मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई स्थगित भएको सूचना पठाइएको छ।
प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ।
मंसिर १, २०८१ आइतबार १०:५५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।