'रूस-युक्रेन युद्ध अन्त्य गर्न नचाहने रूस नै हो'

'रूस-युक्रेन युद्ध अन्त्य गर्न नचाहने रूस नै हो'

एजेन्सी : युक्रेनमा युद्ध अन्त्यका लागि न्यायोचित समाधान हुन नदिनुमा रूसको मात्र जिम्मेवारी रहेको जी-७ ले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

'युद्ध अन्त्य र शान्तिका लागि एक मात्र बाधक रूस बनेको छ,' औद्योगिक राष्ट्रहरूको समूह ‘जी सेभेन’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, जापान र संयुक्त राज्य अमेरिका सम्मिलित जी-७ ले प्रतिबन्ध, निर्यात नियन्त्रण र अन्य प्रभावकारी उपायमार्फत रूसमाथि गम्भीर मूल्य थोपर्ने आफ्नो प्रतिबद्धता पुष्टि गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'आफ्नो सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, क्षेत्रीय अखण्डता र यसको पुनर्निर्माणका लागि युक्रेनको लडाईंमा हामी ऐक्यवद्धताका साथ उभिएका छौं।' 

रूसको आक्रमणले विश्वभरका कमजोर मानिसहरूमा पारेको प्रभावलाई पनि आफूहरूले बुझेको जी-७ ले जनाएको छ।  

मंसिर १, २०८१ आइतबार ०८:२९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।