चीनले अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमताको जेट ल्यायो
एजेन्सी : चीनले हालै सार्वजनिक गरेको फाइटर जेट विमानको विश्वभर चर्चा भएको छ। चुहाई एयर शोमा अत्याधुनिक उक्त फाइटर जेटको अनावरण गरेसँगै यसले चर्चा बटुलेको हो।
‘ह्वाइट एंपरर’ नाम दिइएको यो जेट तीब्र गतिमा उडान भर्न सक्षम छ भने पृथ्वीको वायुमण्डलभन्दा बाहिर अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमता रहेको चीनको दाबी छ।
अत्याधुनिक टेक्नोलोजी अर्थात स्टिल्थ क्षमता, सुपरसोनिक गति र उन्नत हतियार प्रणालीको प्रयोग गरेर निर्माण गरिएको जेट पीपुल्स लिबरेशन आर्मी एयर फोर्सको ७५औं वार्षिकोत्सवको अवसरमा ग्वाङडोङ प्रान्तमा एयर शोसमेत गरिएको थियो।
१५औं चाइना इन्टरनेशनल एभिएसन एण्ड एरोस्पेस प्रदर्शनीमा भने पाँचौं पुस्ताको लडाकू जे२० लगायतका चीनका धेरै उच्च स्तरका जेटहरूले उडान प्रदर्शन गरेका छन्।
परम्परागत युद्ध र अन्तरिक्षीय सुरक्षाका लागि सक्षम मानिएका यस्ता जेट अमेरिका र चीनले प्रतिस्पर्धात्मक रुपमा निर्माण गरिरहेका छन्। जे-२० र जे-३५ निर्माण गरिसकेको चीनले भने नयाँ फाइटर जेटको विकासले चीनको सैन्य प्रविधिमा ठूलो उपलब्धि ठानिएको छ।
हालै चुहाईमा भएको वार्षिक एयर शोमा रूसी एसयू-५७ फेलान र चाइनिज जे-३५ अन्तर्राष्ट्रिय बजारमा दौडिरहेका दुई फाइटर प्लेनले उडान भरेका थिए।
मंसिर १, २०८१ शनिबार २१:५८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।