जसपा नेपालले उपनिर्वाचनमा दुईजना तेस्रोलिंगीलाई उम्मेदवार बनायो
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको उपनिर्वाचनमा दुईजना तेस्रोलिंगीलाई उम्मेदवार बनाउने भएको छ।
पार्टीले काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुखमा हनि महर्जन र ४ नम्बर वडाको अध्यक्ष पदमा मौनी महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यी उम्मेदवारलाई जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र प्रदान गरेको छ। राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको मायाको पहिचान नेपालको पहलमा जसपा नेपालले उम्मेदवार बनाएको बताइएको छ।
हनी स्थानीय टुरिस्ट गाइड पनि हुन् भने मौनी तेस्रोलिंगी मोडल हुन्। हनि र मौनीको राजनीतिमा यो पहिलो प्रयास हो।
कात्तिक ३०, २०८१ शनिबार १८:०६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।