अघिल्लोपटक जितेको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसले कृष्णमानलाई उम्मेदवार बनायो

अघिल्लोपटक जितेको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसले कृष्णमानलाई उम्मेदवार बनायो

काठमाडौं : मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनको लागि नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ।

आज बसेको बागमती प्रदेश समितिको बैठकले कीर्तिपुर नगर सभापतिसमेत रहेका डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

त्यहाँ गत स्थानीय चुनावमा वामपन्थी उम्मेदवारलाई पराजित गर्दै कांग्रेसले क्लीनस्वीप गरेको थियो। एमालेले भने डा. सुरेन्द्र मानन्धरलाई र माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ। 

गत निर्वाचन विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो।

कीर्तिपुरमा मेयर अनि एक नम्बर र चार नम्बर वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। 

मंसिर १, २०८१ शनिबार १७:४४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।