रूकुम पश्चिममा बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्यो, नौ जना घाइते

रूकुम पश्चिममा बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्यो, नौ जना घाइते

रूकुम पश्चिम : काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रूकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका-१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका-६ का २८ वर्षीय भीमबहादुर भुलन, रूकुम पश्चिमको आठबिसकोट-९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका-७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी इन्स्पेक्टर ऋषि पाठकले जानकारी दिए। 

अन्य घाइतेमा आठबिसकोट-११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका-८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उन को १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका-५ का २८ वर्षीय आकाश काफ्ले र जाजरकोट नलगाड-१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन्। 

घाइते सबै अहिले नगर अस्पताल राडीमा उपचार भइरहेको छ। 

बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो। 

कात्तिक ३०, २०८१ शनिबार १६:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।