रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर बनाइएको संस्थाको अध्यक्षको लागि दरखास्त आह्वान (सूचनासहित)

रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर बनाइएको संस्थाको अध्यक्षको लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं : रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर बनाइएको संस्था सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ।

अध्यक्ष सिफारिस गर्न गठित समितिले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त आह्वान गरेको हो।

इच्छुकले आवेदनको साथमा नेपाली नागरिकताको प्रतिलिपी, सीभी, स्नातक तह उत्तीर्ण गरी सञ्चार क्षेत्रमा सक्रिय रुपमा १५ वर्षको अनुभव खुल्ने प्रमाणपत्रको प्रलिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र तीन हजारदेखि पाँच हजार शब्दमा लिखित कार्ययोजना पेश गर्नुपर्नेछ।

यो आवेदन मंसिर सात गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रशासन तथा योजना महाशाखामा पेश गर्नुपर्ने सार्वजनिक सूचनामा उल्लेख छ।

यस्तो छ सूचना:-


 

कात्तिक ३०, २०८१ शनिबार १३:४६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।