हेलमेट नलगाई मोटरसाइकल चलाउन प्रोत्साहित गर्दै प्रहरी (भिडियो)
काठमाडौं : नेपाल प्रहरीले हेलमेट नलगाइ मोटरसाइकल चलाउन प्रोत्साहित गरेको छ।
नेपाल प्रहरीले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा पोस्ट गरेको भिडियोमा मोटसाइकल चालकलाई हेलमेट नलगाउन प्रोत्साहित गरेको देखिएको हो।
प्रहरीले शुक्रबार बेलुकी ८ बजेर २० मिनेटमा एउटा भिडियो आफ्नो एक्समा राख्दै लेखेको छ, ‘लाइफमा रिप्ले बटन हुँदैन।’
भिडियोको शुरुमा एक युवकले हेलमेट नलगाइ, लेन अनुशासन उल्लंघन गरेर मोटरसाइकल चलाउँछन्, जसकारण उनी दुर्घटनामा पर्छन्।
त्यसपछि सोही भिडियोमा रिप्ले गरेर देखाइएको छ। रिप्लेमा हेर्दा लेन क्रम नगरी एकदमै अनुशासित तरिकाले मोटरसाइकल चलाएको देखिन्छ, तर हेलमेट नलगाइ।
भिडियोमा अन्तिममा लेखिएको छ, ‘लाइफमा रिप्ले बटन हुँदैन।’
प्रहरीले राखेको यो भिडियोमा अनुशासनमा भएर मोटरसाइकल चलाउँदा हेलमेटको प्रयोग नगरिएकाले यसले हेलमेट नलगाइ मोटरसाइकल चलाउन प्रोत्साहित गरेको देखिन्छ।
यहाँबाट हेर्नुहोस् भिडियो:-
Life मा Replay Button हुँदैन ।
— Nepal Police (@NepalPoliceHQ) November 15, 2024
#trafficrules #believeinblue #traffic #ToServeandProtect pic.twitter.com/ZRPjDN2lxa
मंसिर १, २०८१ शनिबार ११:४४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।