च्याम्पियन्स ट्रफीको विषयमा नयाँ विवाद, ट्रफी टुरको स्थानबारे भारतको विरोध

च्याम्पियन्स ट्रफीको विषयमा नयाँ विवाद, ट्रफी टुरको स्थानबारे भारतको विरोध

एजेन्सी : सन् २०२५ को च्याम्पियन्स ट्रफीलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।

बीसीसीआईले पाकिस्तान प्रशासित कश्मीरको विवादित क्षेत्रमा पीसीबीको प्रस्तावित ट्रफी भ्रमणको विरोध गरेको हो।

जसलाई भारतले पाकिस्तान ओकुपाइ कश्मीर (पीओके) भन्छ भने पाकिस्तानले आजाद कश्मीर भन्छ।

पीसीबीको सोशल मिडिया पोस्टका अनुसार आईसीसी च्याम्पियन्स ट्रफी टुर विवादित क्षेत्रको राजधानी मुजफ्फराबादमा राखिनेछ।

बीसीसीआईले शुक्रबार यस सम्बन्धमा आईसीसीलाई आपत्ति जनाएको छ। तर, बीसीसीआईले यो आपत्ति लिखित वा मौखिक रूपमा दिएको हो भन्नेबारे थाहा छैन।

बिहीबार नै पीसीबीले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको थियो।

पीसीबीको सोशल मिडिया पोस्टका अनुसार ट्रफी टुर नोभेम्बर १६ मा शुरू हुनेछ। तर, बीसीसीआईको आपत्ति पछि यो स्थगित हुन सक्ने देखिएको छ।

विवादित मुजफ्फराबाद बाहेक, ट्रफीलाई लाहोर, कराँची र रावलपिंडी लगिनेछ।

गत हप्ता बीसीसीआईले आईसीसीलाई भारत सरकारले राष्ट्रिय टोलीलाई पाकिस्तानलाई पठाउन बन्देज लगाएको कारण देखाउँदै पाकिस्तान भ्रमण नगर्ने बताएको थियो।

यद्यपि, पीसीबी प्रमुख मोहसिन नकवीले हाइब्रिड मोडेल अपनाउने कुनै सम्भावनालाई अस्वीकार गरेका थिए।

कात्तिक ३०, २०८१ शनिबार १०:३६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।