साइवर जोखिम रोक्न नयाँ सिस्टम ल्याउन सकिएन : गभर्नर

साइवर जोखिम रोक्न नयाँ सिस्टम ल्याउन सकिएन : गभर्नर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैंकको रकम उत्पादित क्षेत्रमा लगाउनुपर्ने बताएका छन् ।

शुक्रवार नेपाल बैङ्क लिमिटेडको ८८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै  गभर्नर अधिकारीले अर्थतन्त्रलाई बढाउनको लागि  बैङ्कहरूले काम गरिरहेको बताए।

‘बैंकको जिम्मेवारी के हो भनेर हामी सबैलाई थाहा छ। बैंकमा कुन हदसम्मको सुशासन कायम गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ,’ उनले भने ‘राष्ट्र बैंकको मुख्य भूमिका र रकम अहिले उत्पादनशील क्षेत्रमा जाओस् भन्ने हो। उत्पादित क्षेत्र बढोस् र अर्थतन्त्रलाई बढी फाइदा पुर्याउने गरी बैङ्कहरूले काम गरिरहेका छन्।’

उनले बैंकिङ क्षेत्रमा कयौँ किसिमका साइबर रिस्कहरू भएकाले जोखिम न्यूनीकरणलाई बैंकले जोड दिने बताए। उनले साइबर रिस्कहरूलाई न्यूनीकरण गर्न  बैंकले बर्षौंदेखि नयाँ सिस्टम लिन खोज्दा पनि ल्याउन नसकिएको बताए।

कात्तिक ३०, २०८१ शुक्रबार १८:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।