युएई र युके पठाइदिन्छु् भनेर ठगी गरेको आरोपमा तीन जना पक्राउ

युएई र युके पठाइदिन्छु् भनेर ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३ की २२ वर्षीया प्रितिका बास्तोला, चितवनको भरपुर महानगरपालिका-१० की ३६ वर्षीया शारदा सुवेदी र भरतपुर महानगरपालिका-४ का २५ वर्षीय सुरज कँडेललाई पक्राउ गरेको हो।

प्रितिकाले युएईको दुबईका लागि एक जनाबाट दुई लाख रुपैयाँ तथा शारदा र सुरजले संयुक्त अधिराज्य बेलायतका लागि एक/एक जनाबाट एक/एक लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

कात्तिक ३०, २०८१ शुक्रबार १३:४४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।