राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप-२९ मा सहभागी भएर स्वदेश फर्किएका छन्।

अजरबैजानबाट कतारको राजधानी दोहा हुँदै राष्ट्रपति पौडेलको टोली शुक्रबार बिहान काठमाडौं आइपुगेको हो।

अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गत सोमबार बाकुतर्फ प्रस्थान गरेको थियो।

राष्ट्रपति पौडललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुखलगायत उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका थिए।

कात्तिक २९, २०८१ शुक्रबार १०:३३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।