दार्चुला जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या आठ पुग्यो, पाँच जना घाइते (नामावलीसहित)
खलङ्गा : दार्चुलामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलीप विष्ट रहेको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
उनका अनुसार दार्चुलाकै शैल्यशिखर-९ गोकुलेका ३५ वर्षीया मीना लेखक, डिलासैनी गाउँपालिका-५ का वीरेन्द्रसिंह बोहरा, बैतडीको डिलाशैनी-५ का १५ वर्षीय सञ्जीव बोहराको पनि दुर्घटनामा मृत्यु भएको छ।
यसका अलावा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको पनि दुर्घटनामै परेर मृत्यु भएको छ।
दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी-५ का उत्तम रोकाया, शैल्यशिखर-५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका-८ निवासी जीप चालक सुनिल जोशी घाइते भएका छन्।
सम्बन्धित समाचार:-
कात्तिक ३०, २०८१ शुक्रबार १०:१९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।