सीएफ मोटोले अपर मुस्ताङसम्म ‘एडभेन्चर राइड’ गर्दै, सहभागी हुन् आह्वान
एजेन्सी : सीएफ मोटो नेपालको अधिकृत बिक्रेता रिलायन्स ग्रुप नेपालले ‘सीएफ मोटो एडभेन्चर राइड २०२४ : अपर मुस्ताङ’ घोषणा गरेको छ। यसमा भर्खरै लञ्च गरिएको ४५०एमटी को क्षमता र प्रदर्शनलाई दर्शाउने कम्पनीले जनाएको छ।
नाडा २०२४ मा लन्च गरिएपछि छोटो समयमा नै बजारमा बलियोसँग स्थापित भएको ४५०एमटी एड्भेन्चर चाहनेहरूका लागि गजबको मोटरसाइकल हो। अब राइडरहरूले अपर मुस्ताङको राइडबाट यो बाइकको पूर्ण रूपमा अनुभव लिन सक्ने कम्पनीको भनाइ छ।
यात्रा २०२४ को डिसेम्बर २ देखि डिसेम्बर ८ सम्म आयोजना हुने तय भएको छ। जसमा सहभागीहरूले काठमाडौंबाट कोरला सीमासम्म एक हजार किलोमिटरभन्दा बढीको चुनौतीपूर्ण बाटो पार गर्नेछन्।
डिसेम्बर २ मा काठमाडौंबाट प्रस्थान गरेका सहभागीहरूले हेटौंडा हुँदै चितवन राष्ट्रिय निकुञ्ज, पाल्पाको तानसेन, कालापानी, पवित्र तीर्थस्थल मुक्तिनाथ र प्रसिद्ध लोमान्थाङ शहरमा विश्राम गर्दै कोरला सीमानासम्मको यात्रा तय गर्ने कम्पनीले जनाएको छ।
सीएफ मोटो नेपालको वितरक ऋषि ट्रेड सेन्टरका प्रबन्ध निर्देशक उज्ज्वल जोशीले यो यात्राले साहसिकताको वास्तविक सारलाई समेट्ने बताए। उनले भने, ‘यो यात्रा सहनशीलता, अन्वेषण, र मोटरसाइकलिङको साँचो परीक्षा हो।’
कम्पनीले राइडमा सहभागी भई अविस्मरणीय यात्राको हिस्सा बन्न आह्वान गरेको छ।
कात्तिक २९, २०८१ शुक्रबार ०९:४९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।