बंगलादेशलाई आज ४० मेगावाट विद्युत् बेच्दै नेपाल
काठमाडौं : नेपालले पहिलो पटक आज बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ।
गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार शुक्रबार सरकारले ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको हो।
सम्झौताअनुसार भारत हुँदै बिजुली बंगलादेशमा पठाउन लागिएको हो।
नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ। हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ।
बङ्गलादेशलाई बिजुली बेच्दा कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भई मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ।
नेपालका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका ऊर्जा मन्त्रीले दिउँसो पौने १ बजे संयुक्त रूपमा स्वीच थिचेर बिजुली निर्यात गर्नेछन्।
कात्तिक २९, २०८१ शुक्रबार ०९:२५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।