दार्चुला दुर्घटना अपडेट : सात जनाको घटनास्थलमै मृत्यु, छ जनाको पहिचान खुल्यो
खलङ्गा : दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ। अन्य छ जना गम्भीर घाइते भएका छन्।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो।
मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलीप विष्ट रहेको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
उनका अनुसार बैतडीको डिलाशैनी-५ का १५ वर्षीय सञ्जीव बोहरा, भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको दुर्घटनामा मृत्यु भएको छ।
मृतकमध्ये बाँकी एक जनाको परिचय खुलेको छैन। दुर्घटनामा घाइतेहरूलाई गोकुलेश्वर अस्पताल पठाइएको छ।
कात्तिक ३०, २०८१ शुक्रबार ०८:१८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।