देउवाले निरीक्षण गरे पुइलेक विमानस्थल

देउवाले निरीक्षण गरे पुइलेक विमानस्थल
फाइल

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुइलेक विमानस्थलको निरीक्षण गरेका छन्। प्रस्तावित पुइलेक विमानस्थल अजयमेरू गाउँपालिका-१ पुइलेक डाँडाको आज निरीक्षण गरे। 

सभापति देउवाले निरीक्षणपछि हवाई मैदानको सम्भाव्यता अध्ययन गरेर विमानस्थल निर्माण गरिने बताए। विसं २०७६ मा विमानस्थल निर्माणका लागि त्यस स्थान छनोट गरिएको थियो। 

नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थलगत अध्ययनका आधारमा साविक समैजी गाविसको पुइलेकदेखि बयलडाँडासम्मको क्षेत्र उपयुक्त हुने बताइएको छ। त्यसपछि विमानस्थल निर्माणका लागि सर्वेक्षण भएको थियो।

डोटी, दार्चुला, बैतडी, बझाङको केन्द्रविन्दु भएकै कारण डडेल्धुरामा विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिमको दुर्गमका बासिन्दाले यातायातमा राहत पाउने छन्।  

कात्तिक २९, २०८१ बिहीबार २१:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।