कांग्रेसको दलित समुदाय समन्वय र सशक्तीकरण विभागमा १० सदस्य मनोनयन
काठमाडौं : नेपाली कांग्रेसको दलित समुदाय समन्वय र सशक्तीकरण विभागमा १० सदस्य मनोनयन गरिएको छ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको त्यस विभागमा आज १० सदस्य मनोनयन गरेका हुन्।
मनोनयन हुनेमा रामकृष्ण लकान्द्री (तेह्रथुम), दीपक सोनी (दैलेख), कलावती पासवान (बारा), विपेन्द्र रामुदामु (चितवन), कुमार टेलर (डोटी), शान्ता सुनार (धादिङ), प्रकाश घतानी (काठमाडौँ), सुनिल बुढाथोकी (पाल्पा), कुमारी सार्की (कैलाली) र केदार गान्धारी (गोरखा) रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कात्तिक २९, २०८१ बिहीबार १९:५१:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।