सभापति थुनेको रिसमा अदालतलाई गाली गर्दा रास्वपाका सांसदहरूले ब्यहोरे मानहानिको मुद्दा, पहिलो सुनुवाइ मंसिर ३ मा

सभापति थुनेको रिसमा अदालतलाई गाली गर्दा रास्वपाका सांसदहरूले ब्यहोरे मानहानिको मुद्दा, पहिलो सुनुवाइ मंसिर ३ मा

काठमाडौँ : अदालतको अनुमतिमा सहकारीको रकम अपचलनको अनुसन्धानका लागि पार्टी सभापति पक्राउ पर्दा न्यायाधीशलाई ‘तपाईँ कुन पार्टीको?’ भन्दै सार्वजनिक रूपमा प्रश्न गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले अदालतको अवहेलना गरेको मुद्दा खेप्नुपरेको छ।

सभापति रवि लामिछाने पक्राउ परेपछि आक्रोशित भएका रास्वपाका नेता तथा सांसदहरूले पार्टीले आयोजना गरेको विरोध सभाहरूमा न्यायालय लक्षित गर्दै टिप्पणी गरेका थिए।

अदालतको अनुमतिमा पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा रास्वपाका नेताको गतिविधि अदालत विरुद्ध भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट दर्ता भयो। अदालतको अवहेलनामा मङ्सिर तीन गते सुनवाइको पेसी परेको छ।

सो रिट निवेदन पहिलो चरणमा दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको थियो। दरपिठ गरेपछि भट्टराई निर्णय विरुद्ध निवेदन लिएर गए। निवेदनको पहिलो सुनुवाइमै दर्तासँगै पहिलो सुनुवाइको दिन पनि तोकियो।

अवहेलना निवेदनमा रास्वपाका उपाध्यक्ष तथा सांसद स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोषिमा कार्की, सोबिता गौतमलगायत विपक्षी छन्।

कात्तिक २९, २०८१ बिहीबार १८:२१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।