भिसा विनै नेपाल प्रवेश गरेको आरोपमा दुई बंगलादेशी नागरिक पक्राउ

भिसा विनै नेपाल प्रवेश गरेको आरोपमा दुई बंगलादेशी नागरिक पक्राउ

झापा : भिसा विना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो।

आफ्नो परिच खुल्ने कुनै कागतपत्र नभएका उनीहरूका साथबाट एक हजार पाँच सय टाका र दुई थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नम्बर गणका सूचना अधिकारी महेशराज बिष्टले जानकारी दिए।

उनीहरूलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ। उक्त कार्यालयले आज उनीहरूलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ।

कात्तिक २९, २०८१ बिहीबार ०८:१७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।