गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

म्याग्दी : गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ।

काठमाडौंको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले जानकारी दिए।

उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन्।

उनको शव अस्पतालमै राखिएको तथा छोरा अमेरिकाबाट आएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

२०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा उनको नाम समानुपातिकतर्फ आदिवासी जनजाति महिला कोटाबाट एक नम्बरमा थियो।

होटल व्यवसायी समेत रहेकी उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिइन्। उनका श्रीमान् राम गौचनको कांग्रेसको राजनीति गर्ने क्रममा दुर्घटनामा परी निधन भएको थियो।

कात्तिक २९, २०८१ बिहीबार ०८:१०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।