झाँक्री भुजेलले चलाएको गाडीले ठक्कर दिएका मोटरसाइकल चालकको मृत्यु, पछाडि बसेकी श्रीमती भेन्टिलेटरमा
काठमाडौं : झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार दिउँसो भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले शंखरापुर नगरपालिका वडा नम्बर -९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसक्रममा मोटरसाइकलका चालक एक पुरूष र महिला घाइते भएका छन्।
तर, उपचारको क्रममा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भएका चालक नारायण नगरकोटीले मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
मोटरसाइकलमा पछाडि बसेकी नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते छन्। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
सिन्धुपाल्चोक घर भएर जोरपाटी बस्ने बा.१९ च २६९५ नम्बरको गाडी धनी झाँक्री भुजेललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ। ३५ वर्षीय भुजेल बुधबार मध्यान्ह दुर्घटना भएपछि फरार भएका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाडी झाँक्रीले नै चलाएको देखिएको एसपी अधिकारीले बताए।
कात्तिक २७, २०८१ बुधबार २१:१७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।