आफूले चलाएको गाडीले ठक्कर दिएर २ जनालाई घाइते बनाएपछि भागेका झाँक्री भुजेलले आत्मसमर्पण गरे
काठमाडौं : आफूले चलाएको गाडी (ल्याण्ड क्रुजर)ले दुई जनालाई ठक्कर दिएपछि फरार भएका झाँक्री प्रकाश भुजेलले प्रहरीमा आत्मसमर्पण गरेका छन्। उनले बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले शंखरापुर नगरपालिका वडा नम्बर -९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसक्रममा मोटरसाइकलमा सवार एक पुरूष र महिला घाइते भएका छन्।
उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि साँखुमा तनाव उत्पन्न भएको छ। स्थानीयले बाटो अवरोध गरेका छन्। उनीहरुले सडकमा टायर बाल्नुका साथै ढुंगामुढासमेत गरिरहेका छन्।
प्रहरीले स्थिति नियन्त्रणमा लिन माइकिङ गरिरहेको छ।
कात्तिक २८, २०८१ बुधबार १८:५३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।