एमालेले कारबाही फुकुवा गरेपछि ‘घन्टाघर’बाट एमालेमै फर्किए पूर्वराज्यमन्त्री रामवीर मानन्धर
काठमाडौं : पार्टीले कारबाही फुकुवा गरेसँगै रामवीर मानन्धर एमालेको जिम्मेवारीमा फर्केका छन्।
काठमाडौं महानगरको -१६ नम्बर वडामा उपनिर्वाचन हुँदै गर्दा मानन्धर फेरि एमालेमै सक्रिय भएको काठमाडौंका इन्चार्ज आनन्द पोखरेलले बताए।
‘उहाँको निलम्बन फुकुवा भयो। निलम्बन फुकुवासँगै पार्टी काममा फर्कनु भएको छ’, इन्चार्ज पोखरेलले भने, ‘उहाँ पार्टी जिम्मेवारी लिएर काममा लागिसक्नुभएको छ।’
गत संसदीय निर्वाचनमा एमालेले टिकट नदिएपछि मानन्धरले घण्टाघर चुनाव चिन्ह लिएर निर्वाचन लडेका थिए। त्यसपछि एमालेले उनलाई कारबाही गरेको थियो।
मानन्धर २०७० र ०७४ को चुनावमा काठमाडौं-७ बाट मानन्धर सांसद बने। ०७७ मा राज्यमन्त्री पनि बने। तर, तत्कालीन नेकपाको विवादसँगै मानन्धर एमालेको संस्थापनबाट अलग भएका थिए।
कात्तिक २८, २०८१ बुधबार १६:४६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।