नेप्से परिसूचकमा १४ अङ्कको ओरालो, कारोबार रकम सात अर्ब
काठमाडौँ : बुधवार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । बुधवारको कारोबारमा नेप्से परिसूचक १४ दशमलव १२ अङ्कले झरेर दुई हजार सात सय ३४ दशमलव ८३ मा पुगेको छ।
ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ०८ अङ्कले ओरालो लागेर चार सय ८३ दशमलव ६९ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।
बुधवारको कारोबारमा कुल एक करोड ५३ लाख ६२ हजार दुई सय छ कित्ता शेयर सात अर्ब ९१ करोड १९ लाख ७६ हजार चार सय ४९ मूल्यमा खरिदबिक्री भएको छ। सप्तकोसी डेभलपमेन्ट बैङ्क र सृजनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
पोखरा फाइनान्स नौ दशमलव ९९, समृद्धि फाइनान्स नौ दशमलव ९९ र मक्कर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्यमा नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ। बुधवारको कारोबारमा कुथेली बुखरी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको छ।
समाज लघुवित्त चार दशमलव ९३ प्रतिशत, एनएलजी इन्सुरेन्स चार दशमलव ०४ प्रतिशत र बुटवल पावर कम्पनीको शेयर मूल्य तीन दशमलव ६३ प्रतिशतले घटेको छ।
कात्तिक २८, २०८१ बुधबार १६:१०:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।