देउती बज्यै मन्दिरकी पुजारी झुन्डिएको अवस्थामा भेटिइन्
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरस्थित गंगामाला देउती बज्यै मन्दिरकी पुजारी झुन्डिएको अवस्थामा फेला परेकी छन्।
मन्दिरकी पुजारी वीरेन्द्रनगर नगरपालिका-१० की ५० वर्षीया सरस्वती राजी मन्दिरको मुल ढाेकामा झुन्डिएको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रबीर विश्वकर्माले जानकारी दिए।
‘हामीलाई घटनाको जानकारी बुधबार बिहान ५ बजेतिर आएको थियाे। घटनाको प्रकृति हेर्दा कुनै शंकास्पद देखिएको छैन। मादक पदार्थ सेवन बढी नै सेवन गरेजस्तो देखिएको छ,’ डिएसपी विश्वकर्माले भने, ‘बाँकी अनुसन्धान हुँदैछ। शव पाेष्टमार्टमका लागि प्रदेश अस्पतालमा पठाएको छ।’
मृतक विगत ३० वर्षदेखि मन्दिरको पुजारी रहेकी थिइन्। पुजारी नै मृत अवस्थामा भेटिएपछि बुधबार बिहानैदेखि मन्दिर दर्शन लगायतका अन्य क्रियाकलाप बन्द गरिएको छ।
कात्तिक २७, २०८१ बुधबार १२:५१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।