दोस्रो चरणको आन्दोलन घोषणाका लागि बोलाइएको रास्वपाको पत्रकार सम्मेलन स्थगित
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणाको मिति स्थगित गरेको छ।
बुधबार पार्टी कार्यालय वनस्थलीमा दुई बजे पत्रकार सम्मेलन गर्ने भने पनि विशेष कारणबस स्थगित भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ।
यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो।
उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जन समर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वपाको ठम्याइ छ।
कात्तिक २८, २०८१ बुधबार १२:३७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।