फोटन माउन्टेन ईभी सार्वजनिक,  एकैपटक १०० वटा डेलिभरी

फोटन माउन्टेन ईभी सार्वजनिक,  एकैपटक १०० वटा डेलिभरी

काठमाडौं : फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा सार्वजनिक गरेको छ।

नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ किलोवाट आवर ब्याट्री समावेश गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको रेन्जको दिने कम्पनीको दाबी छ।

साथै, यसमा १३० किलोवाट आवरको अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ, जुन नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको कम्पनीले बताएको छ।

यस अवसरमा एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरियाले नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी भएको बताए।

यसलाई नवीनतम विद्युतीय सवारी साधन दाबी गर्दै कम्पनीले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने विश्वास समेत व्यक्त गरेको छ।

यस्तै एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ताले फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको र भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको स्मरण गराउँदै नौ लाखभन्दा बढी व्यावसायिक सवारी साधनहरूको रूपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको बताए।

माउन्टेन ईभी १४ देखि १६ सीटसम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ। गाडीमा पर्याप्त स्पेश हुनुका साथमा, हाई रुफ, अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ, हिल होल्ड कन्ट्रोल, दुईवटा ड्राइभिङ मोड र आर१६ ड्यूरेबल टायरहरू छन्।

कात्तिक २८, २०८१ बुधबार १०:३२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।