एभरेष्ट बैंक र एनसीएचएलबीच अलीपे प्लसमार्फत नेपालमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

एभरेष्ट बैंक र एनसीएचएलबीच अलीपे प्लसमार्फत नेपालमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठामाडौं : एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलीपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्टहरूका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

यससम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे तथा यसका इन्टरअपरेबल क्यूआर मर्चेन्टमा अलीपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ।

चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरूले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

अलीपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढी एक्यूरिङ नेटवर्क, नौ करोडभन्दा बढी ग्लोबल मर्चेन्टहरू आबद्ध रहेका छन्।

एनसीएचएलले अलीपे प्लससँग अन्तर्राष्ट्रिय पेमेन्ट पार्टनरको रुपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका लागि व्यवस्था मिलाइसकेको छ।

यस पहलअनुरुप अब एभरेष्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वाधार हो।

हाल नेपाल क्यूआरको नेटवर्कमा आठ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध रहेका छन्। 
 

कात्तिक २८, २०८१ बुधबार ०९:५६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।