नेपाल एसबिआई बैंक र एइसी ग्लोबल नेपालबीच सम्झौता
काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेड र एइसी ग्लोबल नेपाल प्रालिबीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
त्यस सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र एइसी ग्लोबलका तर्फबाट निर्देशक अजित सिङले हस्ताक्षर गरे।
सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको बताइएको छ।
यस बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।
कात्तिक २७, २०८१ मंगलबार २०:५७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।