इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा, ड्राइभर र यात्रु दुवैलाई फाइदा हुने दाबी

इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा, ड्राइभर र यात्रु दुवैलाई फाइदा हुने दाबी

काठमाडौं : इन्ड्राइभले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ 'इन्ड्राइभ कम्फर्ट' फिचर सुविधा सुरू गरेको छ।

यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधासहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउने बताइएको छ। 

कम्पनीका अनुसार कम्फर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ्ग गरिएका ड्राइभरहरूका साथ यात्रा गर्न खोज्नेहरूका लागि उपयुक्त छ। नयाँ सुविधासँगै, नेपाली यात्रुहरूले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन्।

यसबारे इन्ड्राइभ साउथ एशियाका सिनियर मार्केटिङ म्यानेजर अविक कर्माकरले भने, 'इन्ड्राइभ कम्फर्ट' राइडको सुरुवात नेपालमा इन्ड्राइभको लागि आकर्षक विकास हो। इन्ड्राइभ कम्फर्टको साथ, यात्रुहरूले फराकिलो, रमाइलो र उचित मूल्यको सवारीको प्रतीक्षा गर्न सक्छन्, जबकि हाम्रा चालक साझेदारहरूले उत्कृष्ट सेवा प्रदान गर्ने थप अवसरहरू प्राप्त गर्छन्।'

इन्ड्राइभ कम्फर्ट फिचरको बारेमा कम्पनीको यस्तो दाबी छ :
१.
इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा रहेका छन् र रमाइलो यात्राका लागि वातावरणअकूलित छन्। यसले काठमाडौंको भीडभाड हुने ट्राफिका पनि सहजै यात्राको सुनिश्चित गर्दछ। इन्ड्राइभ कम्फर्ट कारहरूमा इन्टेरियर सफा हुने हुँदा यात्रुहरूलाई सहज र रमाइलो यात्रा प्रदान गर्दछ।
२. इन्ड्राइभ कम्फर्ट सवारीहरूमा सेडान-क्लासका गाडीहरू समावेश रहेका छन्, जसले यात्रुहरूलाई थप ठाउँ र सुविधाको अतिरिक्त क्लास प्रदान गर्दछ। एक्लै यात्रा गर्दा होस् वा साथीहरू वा परिवारसँग, यात्रुहरूले आरामको लागि प्रशस्त लेगरुम पाउनेछन्।
३. इन्ड्राइभ उचित र पारदर्शी मूल्य निर्धारण गर्न प्रतिबद्ध रहेको छ र इन्ड्राइभ कम्फर्ट सुविधामा पनि उस्तै रहेको छ। यात्रुहरूले अब फराकिलो इन्टेरियर, गुणस्तरिय गाडी र थप सुविधाका साथ प्रिमियम सवारी अनुभवको आनन्द लिन सक्छन्, त्यो पनि सबै उचित मूल्यमा।
४. इन्ड्राइभ कम्फर्ट सुविधा सहरी यात्राको सामान्य तनावबाट मुक्त मात्र नभएर आरामदायी यात्रा गर्नेहरूका लागि डिजाइन गरिएको हो। अधिक लेगरुम, सहज ड्राइभिङ अनुभव र टप रेटिङ गरिएका ड्राइभरहरूका साथ, यात्रुहरूले एक उत्कृष्ट सवारीको आनन्द लिन सक्छन्। 

कात्तिक २७, २०८१ मंगलबार २०:३३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।