हिन्दू राज्यको अभियान थालिएको र प्रलोभनमा इसाई धर्म विस्तार गरिएकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताए।
देशमा अहिले हिन्दू राज्यको अभियान थालिएको र गरिबीको दुरुपयोग गर्दै इसाई धर्म विस्तार गरिएकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ।
‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ। अर्कातिर क्रिश्चियन धर्म विस्तार गर्ने नाममा मानिसको गरिबीको दुरुपयोग गरिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छाैँ। हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन। कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो।’
कात्तिक २७, २०८१ मंगलबार १८:२०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।