विमानस्थलबाट सिधै प्रहरी कार्यालयमा रवि, सरकारी वकिलको कार्यालयमा बयान

विमानस्थलबाट सिधै प्रहरी कार्यालयमा रवि, सरकारी वकिलको कार्यालयमा बयान

बुटवल : सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एव पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही पूर्याएर बयानका लागि सरकारी वकिलको कार्यालय पूर्याइयो। कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई मङ्गलवार बिहान बुद्ध एयरबाट रुपन्देही लगिएको हो। उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयानमा लागि लगिएको छ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रविलाई रुपन्देही ल्याइएको हो। रविलाई विमानमार्फत सवा १२ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा झारिएको थियो।

वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो। विमानस्थल वरपर रास्वपाका कार्यकर्ता ठुलो सङ्ख्यामा उपस्थित भएर विरोध प्रदर्शन गरेका थिए। 

रविलाई रुपन्देही पूर्याएर सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिदै। तस्बिर : विकास पराजुली।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रञ्जितसिंह राठौरले लामिछानेलाई सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको बताए। रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ गते अनुमति दिएको थियो।

कात्तिक २७, २०८१ मंगलबार १३:२२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।