भिजिबिलिटी नहुँदा भैरहवा लैजान जहाज चढाइसकेको रवि पोखराको टर्मिनलमा फर्किए

भिजिबिलिटी नहुँदा भैरहवा लैजान जहाज चढाइसकेको रवि पोखराको टर्मिनलमा फर्किए

बुटवल : सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा लैजान विमान चढाइसकिएको रवि लामिछानेलाई विमानबाट उतारेर पोखरा विमानस्थल टर्मिनलमा फर्काइएको छ। भैरहवाको विमानस्थलमा भिजिबिलिटीको समस्याका कारण जहाज उड्ने र ल्यान्ड हुन समस्या भएकाले उनलाई टर्मिनलमै फर्काइएको हो।

बुटवलको सुप्रिम सहकारीमा रहेको बचतकर्ताहरूको रकम अपचलनमा संलग्न रहेको आरोपमा उनलाई पोखराबाट भैरहवा लैजान पोखरा विमानस्थल पूर्याइएको थियो।

कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई मङ्गलवार बिहान बुद्ध एयरबाट रुपन्देहीमा बयानका लागि ल्याइएको लागिएको थियो।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही ल्याउन लागेको थियो।

मङ्गलवार बिहानै ७: ४५ को टिकट भए पनि विमानस्थलमा मौसम नखुल्दा पोखराबाट जहाज उड्न सकेको छैन। भैरहवामा भिजिबिलिटी नपुगेपछि रविलाई पोखराबाट ल्याउन ढिलाइ भएको हो।

कात्तिक २७, २०८१ मंगलबार १२:०२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।