दीपक मनाङे काठमाडौंमा पक्राउ
हत्या प्रयासको मुद्दामा उच्च अदालतको सजाय सर्वोच्चबाट सदर भएसँगै फरार भएका प्रदेश सांसद दीपक मनाङे काठमाडौँमा समातिएका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई मंगलबार समातेको हो। मिलन गुरुङ उर्फ चक्रे मिलनलाई धारिलो हतियारले हानेर मार्नेे प्रयास गरेको घटनाको २० वर्षपछि उनी दोस्रो पटक पक्राउ परेेर अब जेेल चलान हुनेछन्।
पाँच वर्ष कैद सजाय सदर भएकोमा उनी २८ महिना कैद बसिसकेकाले अब २२ महिना जेलमा बस्ने छन्।
कात्तिक २७, २०८१ मंगलबार ११:०१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।