लामिछानेलाई बुटवल लैजाने तयारी, विरोध गर्न नेता उतै जाँदै
काठमाडौँ : सुर्यदर्शन सहकारीको रकम अपचलनमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बुटवल लैजाने तयारी भएको छ।
बुटवलमा रहेको सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा छानबिनका लागि उनलाई हवाई मार्गबाट मङ्गलवार बुटवल लैजाने तयारी गरिएको हो।
गोर्खा मिडिया प्रालीको प्रबन्ध निर्देशकहुँदा सहकारीको रकम अपचलन गरेको आरोप लागेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत हुन्।
लामिछाने पक्राउ परेदेखि नै रास्वपाका सांसद, नेता अनि समर्थकहरूले यसलाई राजनीतिक षड्यन्त्रका आधारमा पक्राउ गरेको दाबी गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले बुटवलमा समेत प्रदर्शनको तयारी गरेका छन्। तर प्रदर्शनमा न जनसमर्थन देखिएको छ न त त्यसको प्रभाव नै।
अदालतको आदेशमा हिरासतमा रहेका व्यक्तिको समर्थनमा भएको प्रदर्शनले उल्टो पार्टीको साख खस्कँदै गएको देखिन्छ।
कात्तिक २७, २०८१ मंगलबार ०८:५७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।