उर्जामन्त्रीलाई कुलमानको जवाफ ‘कानुन अनुसार काटिएको लाइन मन्त्रीपरिषद्को बैठकका आधारमा जोड्न सक्दिन’

उर्जामन्त्रीलाई कुलमानको जवाफ ‘कानुन अनुसार काटिएको लाइन मन्त्रीपरिषद्को बैठकका आधारमा जोड्न सक्दिन’

काठमाडौँ : डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेवापत तिर्नुपर्ने रकम नतिरे पनि २४ घण्टाभित्र लाइन जोड्ने मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन जोड्न नसक्ने जवाफ दिएका छन्।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सोमबार सार्वजनिक भएपछि सिंहदरबारमा रहेको ऊर्जा मन्त्रालयमा ऊर्जा मन्त्री दीपक खड्काले समितिको बैठक राखेका थिए।

मन्त्री खड्का महसुल रकम नतिरे पनि उद्योगीहरूको लाइन जोड्ने पक्षमा लबिङग गर्दै आएका छन्। उनकै इच्छामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले काटिएको लाइन २४ घण्टामा जोड्ने, बाँकी बक्यौता १५ दिनमा उठाउने र महसुल विवादबारे अध्ययन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो।

बैठकमा घिसिङले  महसुल नतिर्नेहरूको लाइन कानुनअनुसार काटेकाले मन्त्रिपरिषद्ले २४ घण्टाभित्र लाइन जोड्न गरेको निर्णय कार्यान्वयन गर्न नसकिने बताएका हुन्।

सम्बन्धित समाचार

कात्तिक २६, २०८१ सोमबार १७:३१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।