नेप्से २२ अंकले बढ्यो, ११ अर्बको कारोबार

नेप्से २२ अंकले बढ्यो, ११  अर्बको कारोबार

काठमाडौँ : नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले बढेको छ। सोमबार नेप्से दुई हजार सात सय ६० दशमलव २१ मा पुगेर बजार बन्द भएको हो।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६१ अङ्कले उकालो लागेर चार सय ९० दशमलव ७२ मा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

कुल दुई करोड ४५ लाख ५७ हजार एक सय ५३ कित्ता शेयर रु ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ मा कारोबार भएको छ। नेप्सेका अनुसार, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।    

यस्तै, इस्टर्न पावर १०, समृद्धि फाइनान्स नौ दशमलव ७१, सानिमा जिआइसी इन्सुरेन्स चार दशमलव १३, दिव्यश्वरी हाइड्रोपावर तीन दशमलव ९९ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले तीन दशमलव ५० प्रतिशतले गुमाएका छन्।

कात्तिक २६, २०८१ सोमबार १७:०१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।