भारतमा उत्पादित सिकलसेलको औषधी नेपाल ल्याएर वितरण गर्ने प्रधानमन्त्री ओलीको घोषणा
धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि नेपाल ल्याएर वितरण गर्ने बताएका छन्।
नेपालको थारु समुदायका सदस्यहरू यो रोगबाट बढी पीडित छन्। सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकोले उत्पादित नयाँ चिकित्सकहरूलाई क्स्क्स सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताए।
उनले नेपालबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको दाबी गर्दै सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताए।
प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ्य संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको दाबी समेत गरे। समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन्।
कात्तिक २६, २०८१ सोमबार १६:४५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।