एनपिएल टिम लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरमा अभिनेता राजेश हमाल
काठमाडौँ : नेपाल प्रिमियर लिगको टिम लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई आफ्नो टोलीको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको सार्वजनिक गरेको हो।
हमालले लुम्बिनीसँग आबद्ध हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै लुम्बिनीले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा रहेको बताए।
‘नेपाल क्रिकेट एकताबद्ध भएर लागेकोमा खुसी लागेको छ। सबै पदाधिकारीहरूलाई समेत धन्यावाद दिन चाहन्छु। अब हेरौँ लायनले कत्तिको रोयर गर्छ ? लायनसँग जोडिन पाउँदा एकदम खुसी छु’ उनले भने।
लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन्।
नेपाल क्रिकेट सङ्घ क्यानकद्वारा आयोजित नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ।
प्रतियोगितामा पोखरा एभेन्जर्स, कर्णाली याक्स लगायत सात टिम सहभागी हुँदैछन्।
कात्तिक २६, २०८१ सोमबार १४:११:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।