हेटौँडा–१२ को वडाध्यक्षमा रास्वपाबाट आशा वीर बल उम्मेदवार
मकवानपुर : पार्टी सभापति सहकारी ठगीको अनुसन्धानमा प्रहरी हिरासतमा पुगेपछि अन्योलमा परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उप-निर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर– १२ को वडा अध्यक्षमा आशा वीर बललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
रिक्त रहेका विभिन्न स्थानमा मंसिर १६ मा उपनिर्वाचन हुँदैछ। आइतबार पार्टीको वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले वडाध्यक्षमा बललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
सो वडाध्यक्षका लागि एकीकृत समाजवादीबाट बलराम बल ,राप्रपाबाट प्रेम लामा ब्लोन ,कांग्रेसबाट सम्भावित अर्जुन तिवारी ,एमालेबाट सम्भावित राजेश नगरकोटी र माओवादीबाट सम्भावित रबिन प्रधान रहेका छन्।
स्थानीय तहको निर्वाचनमा रास्वपा पहिलो पटक सहभागी हुन लागेको हो। यस अगाडिको स्थानीय तहको निर्वाचनमा रास्वपा पार्टी नै गठन भएको थिएन।
कात्तिक २६, २०८१ सोमबार १४:०५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।