एमालेले लिएको जग्गा दान विवादको सुनुवाइ टर्‍यो, पेसी हेर्न नमिल्नेमा चढ्यो

एमालेले लिएको जग्गा दान विवादको सुनुवाइ टर्‍यो, पेसी हेर्न नमिल्नेमा चढ्यो

काठमाडौँ : भाटभटेनीका प्रमुख मीनबहादुर गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन दान दिएको जग्गाबारेको सुनुवाइ नहुने भएको छ। सोमबार रिट सुनुवाइका लागि पेसीमा चढेको थियो। तर सो रिट हेर्न नमिल्नेमा पर्यो।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा पेसी परेको थियो। सर्वोच्चले कात्तिक १२ मा प्रारम्भिक सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको रिट सोमबार सूचीमा चढेको थियो।

अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिनेबारे दुवै पक्षलाई छलफलमा बोलाएको थियो। सर्वोच्चले सत्ताधारी दलले जग्गा दान लिने विषय प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको बताएको थियो। उसले दल सम्बन्धी कानुनमा भएको राजनीतिक दलले चन्दा लिने सम्बन्धी प्रावधान अनुसार समेत सो जग्गा दान लिने काम त्रुटिपूर्ण रहेको औँल्याएको थियो।

कात्तिक २६, २०८१ सोमबार १३:४०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।