एमालेले दान पाएको जग्गाको सुनुवाइ नहकुल र नित्यानन्दको इजलासमा

एमालेले दान पाएको जग्गाको सुनुवाइ नहकुल र नित्यानन्दको इजलासमा

काठमाडौँ : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन दान दिएको जग्गाको रिट निवेदनमाथि दोहोरो सुनुवाइको पेसी न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

सो प्रकरणमा सर्वोच्चमा परेको रिटमा प्रारम्भिक सुनुवाइपछि कात्तिक १२ मा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। दुवै पक्षलाई छलफल बोलाउँदै आदेश निरन्तरता दिने कि नदिने विषयमा छलफलका लागि सोमबार पेसी तोकिएको थियो।

कात्तिक १२ मा  न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सरकारको नेतृत्वमा रहेको दलले दान लिएको जग्गा प्रथम दृष्टिमै कानुन विपरीत देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

कात्तिक २६, २०८१ सोमबार १२:१६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।