माओवादी पदाधिकारी बैठक : उप-निर्वाचनमा पालिका सम्मेलन र खबरदारी सभा गर्ने

माओवादी पदाधिकारी बैठक : उप-निर्वाचनमा पालिका सम्मेलन र खबरदारी सभा गर्ने

काठमाडौँ : माओवादी केन्द्रले स्थानीय तह उप-निर्वाचन केन्द्रित गरेर मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय गरेको छ।

सोमबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय समेत गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार बैठकमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीको उम्मेदवार जिताउने रणनीतिबारे समेत छलफल भएको थियो। माओवादी उप-निर्वाचनमा एक्लै सहभागी हुने रणनीतिमा छ।

गत स्थानीय तहको निर्वाचनमा माओवादीले नेपाली कांग्रेससँग गठबन्धन गरेको थियो।

कात्तिक २६, २०८१ सोमबार १२:००:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।