ट्रम्प र जर्मन चान्सलरबीच कुराकानी, युरोपमा शान्ति फर्काउन सहमत
एजेन्सी : अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर ओलाफ स्कोल्ट्जबीच टेलिफोनमा कुराकानी भएको छ।
जर्मन सरकारका प्रवक्ताले यसबारे मिडियामा जानकारी गराएका हुन्।
प्रवक्ता स्टेफन हेबस्ट्रेटका अनुसार स्कोल्ट्ज र ट्रम्प युरोपमा शान्ति फर्काउने दिशामा मिलेर काम गर्न सहमत भएको उल्लेख गरेका छन्।
‘दुई नेताले जर्मनी र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध र वर्तमान भूराजनीतिक चुनौतिहरूमा आ-आफ्नो विचार राख्नुभयो’, स्टेफन हेबस्ट्रेटको विज्ञप्तिमा भनिएको छ।
यसअघि गत बुधबार जर्मन चान्सलरले एक विज्ञप्ति जारी गर्दै ट्रम्पलाई अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका थिए।
आफ्नो बधाई सन्देशमा उनले नाटो र जर्मन-अमेरिकी मित्रतालाई अझ बलियो बनाउन आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए।
गत हप्ता बिहीबार, डोनाल्ड ट्रम्पले एनबीसी न्यूजसँगको कुराकानीमा जितपछि आफूले ७० भन्दा बढी विश्वका नेताहरूसँग कुरा गरेको बताएका थिए।
कात्तिक २६, २०८१ सोमबार ०८:५८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।