सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर

सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर

काठमाडौं : ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ।

आइतबार ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीले डोजर चलाएको हो।

नगरप्रमुख हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्ड विपरीत गएर संरचना बनाएको बताए।

उनले सहकारीलाई सात दिने सूचना निकालेर ध्यानाकर्षण गराउँदा पनि व्यवास्था नगरेको कारण आफूहरुले डोजर चलाएको उनको भनाइ छ।

उनले भने, ‘यहाँ मापदण्ड विपरीत गएर संरचना बनाइएको थियो। यहाँ मुद्दा परेपछि संरचना भत्काउन अदालतले ललितपुर महानगरपालिकालाई निर्देशन दिएसँगै ललितपुर महानगरको निर्देशनमा भत्काउन शुरू गरेका हौँ। हामीले ७ दिनको समय पनि दिएका थियौँ।’

कात्तिक २५, २०८१ आइतबार १३:३७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।