पाकिस्तानका सेना प्रमुखको कार्यकाल दुई वर्ष थपियो

पाकिस्तानका सेना प्रमुखको कार्यकाल दुई वर्ष थपियो

एजेन्सी : पाकिस्तान सरकारले संसदबाट अनुमोदन गरेपछि सेना, नौसेना र वायुसेनाका प्रमुखको कार्यकाल थप गरेको छ।

संसदले अनुमोदन गरेपछि तीनै सेनाका प्रधानसेनापतिको कार्यकाल पाँच वर्षको भएको छ। यसअघि यो कार्यकाल तीन वर्षको हुने गरेको थियो।

पाकिस्तानी सेनाको नियम अनुसार जनरलको अवकाश उमेर ६४ वर्ष तोकिएको थियो। तर अब यो स्वीकृतिपछि सेना प्रमुखको हकमा यो नियम लागू हुने छैन।

पाकिस्तानको पहिलो आर्मी एक्ट अन्तर्गत सेना प्रमुखको कार्यकाल तीन वर्ष तोकिएको थियो भने संसदले तीन वर्ष थप गर्न सक्ने प्रावधान थियो।

पाकिस्तानमा कुनै समय सेना प्रमुखको कार्यकाल चार वर्षको थियो।

कात्तिक २४, २०८१ आइतबार ११:४३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।