छ जेनेरेशनको ओएस अपग्रेड र सेक्युरिटी अपडेटको साथ सामसङ ग्यालेक्सी ए१६ फाइभजी सार्वजनिक

छ जेनेरेशनको ओएस अपग्रेड र सेक्युरिटी अपडेटको साथ सामसङ ग्यालेक्सी ए१६ फाइभजी सार्वजनिक

काठमाडौं : सामसङ नेपालले नेपालमा नयाँ ग्यालेक्सी ए१६ फाइभ जी मोबाइल सार्वजनिक गरेको छ। शनिबार सिल्भर ओक बैंक्वेटमा भएको ओटाकु जात्रामा लोकप्रिय गायक वाङ्देन शर्पाले मोबाइल सार्वजनिक गरेका हुन्।

छ वर्षको सफ्टवेयर सपोर्ट, कि आइसल्यान्डको सिक्नेचरसहित सार्वजनिक भएको फोनमा आईपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

मोबाइलको बारेमा बोल्दै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले छ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर कम्पनीले प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरू दिएको बताए।

सामसङले यो मोबाइललाई ग्यालेक्सी ए सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा ल्याएको छ। यसको मोटाइ ७.९ मिलिमिटरको छ। मोबाइलमा प्रिमियम फिनिश र विशिष्ट की आइल्याण्ड फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन्।

शक्तिशाली ५० मेगापिक्सल प्राइमरी क्यामेरा, ५ मेगापिक्सल अल्ट्रा–वाइड क्यामेरा र २ मेगापिक्सल म्याक्रो क्यामेरा भएको मोबाइलले क्रीस्प र विस्तृत तस्बिरहरू खिच्ने कम्पनीको दाबी छ। यसका अलावा फोनमा १३ मेगापिक्सल फ्रन्ट क्यामेरा छ।

६.७ इन्च फुल एचडी+ सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट, एवं माइक्रो एसडी मार्फत १ टीबीसम्मको विस्तार गर्न सकिने स्टोरेज रहेको छ। गेमिङ, स्ट्रिमिङ र सेयरको लागि मिडियाटेक डी६३०० भएको फोनमा ५ हजार मिलिएम्पिएरको ब्याट्री छ।

कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध सामसङ ग्यालेक्सी ए१६ फाइभजी को ६/१२८ जीबी भेरियन्टको मूल्य २८ हजार नौ सय ९९ रुपैयाँ, ८/१२८ जीबी भेरियन्टको मूल्य ३० हजार नौ सय ९९ रुपैयाँ र ८/२५६ जीबी भेरियन्टको मूल्य ३४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ।

यसको खरिदमा २५ वाटको एड्याप्टरसमेत पाइनेछ। यी उत्पादनहरू १२ नोभेम्बर २०२४ देखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवा मार्फत खरिद गर्न सकिन्छ। शून्य प्रतिशत थप ब्याज र स्विफ्ट प्रोसेसिङको साथ इएमआई विकल्पहरू प्रदान गर्दै एक घण्टाभित्र ग्राहकको हातमा मोबाइल दिने कम्पनीको दाबी छ।

कात्तिक २५, २०८१ आइतबार ०९:२९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।